काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भविष्यको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीका लागि डिजाइन चयन गरिएको बताएका छन् ।
उनले यो प्रणाली आफ्नो कार्यकालको अन्त्यसम्ममा लागू भइसक्ने पनि बताएका छन् ।
जनवरीमा व्हाइट हाउस पुनरागमनको केही दिनमै ट्रम्पले यस प्रणालीका बारेमा आफ्नो योजना सार्वजनिक गरेका थिए ।
गोल्डेन डोमको उद्देश्य अमेरिकामा हुने हवाई आक्रमणको जोखिमसँग सामना गर्नु हो । यो सुरक्षा प्रणाली ब्यालिस्टिक र क्रुज मिसाइलहरूविरुद्ध पनि लड्न सक्षम हुनेछ ।
यस प्रणालीका लागि २५ अर्ब डलरको बजेट छुट्याइएको छ । तर, आउँदा दशकहरूमा यस प्रणालीमा अहिलेको भन्दा धेरै बढी खर्च हुन सक्ने आकलन गरिएको छ ।
अधिकारीहरूले हालको प्रतिरक्षा प्रणाली सम्भावित शत्रुहरूका हतियारहरूविरुद्ध लड्न सक्षम नरहेको चेतावनी दिएका छन् ।
अमेरिकाको यो प्रतिरक्षा प्रणाली आंशिक रूपमा इजरायलको ‘आइरन डोम’ प्रणालीबाट प्रेरित छ, जुन इजरायलले सन् २०११ देखि रकेट र मिसाइलहरू रोक्नका लागि प्रयोग गर्दै आएको छ ।
FACEBOOK COMMENTS