काठमाडाैँ। गुडलाईफले ‘कफि गम’को औपचारिक सुरुवात गरेको छ ।बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नयाँ स्वादको कफि बजारमा ल्याएको जानकारी गराएको हो । यो विशेषगरी एक प्रकारको चिउ गम हो, किनकी यो कफी तरल रहेको हुन्छ । कम्पनीले यो अलवा विभिन्न सूचीहरु पनि तयार गरेको जसमा इम्ली बम्म,ट्रि चकलेट,क्रिम रोल, चोकोलुभ र केशरमलाइ ललिपप समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।
यसको प्रत्येक जारमा १५० वटा गम समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उत्पादित १२ जारको कार्टनमा प्याक गरिएको हुन्छ र जसको मूल्य मात्र २ रुपैयाँ ५ पैसा रहेको छ । शुभारम्भको समयमा कम्पनीले दुई जार किन्दा एक निशूल्क कम समेत प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
गुडलाईफका निर्देशक आशिष जाजुले भनेका छन् ,’उनीहरूको उत्पादनहरू निरन्तर नवाचारपूर्ण छन्र सबै जनसंख्यालाई अपील गर्नको लागि तयार गरिएका छन्, जसकारण याे कफि गम युवा कफी प्रेमीहरूलाई आकर्षित गर्नको लागि सिर्जना गरिएको हो।’