भाद्र २९, काठमाडौं । दक्षिण कोरियाको फेयर ट्रेड कमिसन ९केएफटीसी० ले गुगललाई २०७।४ विलियन वोन अर्थात् २० अर्ब ९१ करोडभन्दा बढी जरिवाना तोकेको छ ।
बजारमा आफ्नो प्रभावको फाइदा उठाउँदै एन्ड्रोइड कस्टमाइजेसनमा रोक लगाएको भन्दै गुगलमाथि ठूल्य मूल्यमा जरिवाना तोकिएको हो ।
केएफटीसीले गुगलले मोबाइल तथा अन्य एन्ड्रोइड डिभाइस निर्मातासँग राखेको सर्तको फाइदा उठाएर मोबाइल ओएस बजारमा प्रतिस्पर्धालाई निषेध गरेको आरोप लगाएको छ ।
यसअघि दक्षिण कोरियाले दूरसञ्चार व्यवसाय ऐनलाई परिमार्जन गरेको थियो, जसलाई ‘गुगल विरोधी कानून’ का रुपमा पनि हेरिएको छ ।
सोही ऐनमा आधारित भएर केएफटीसीले जरिवाना तोकेको बताइएको छ ।
योसँगै गुगलले जरिवानको विषयमा पुनः अपिल गर्न चाहेको बताएको छ । त्यतिमात्रै नभएर यो निर्णयले एन्ड्रोइड प्रयोगकर्ताले पाइरहेको सेवा तथा सुविधालाई समेत समस्यामा पारेको गुगलको तर्क छ ।
FACEBOOK COMMENTS