काठमाडौं । सुन तस्करीमा गृहका अधिकारीहरुको हात पनि देखिएपछी प्रधानमन्त्री पुष्पकमल दाहाले क्विन्टल सुन तस्करीको छानबिन गर्न प्रहरीको अनुसन्धान ब्युरोलाई निर्देशन दिइएको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान र छानबिन गरिरहेको उक्त विषय अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मामा गएको हो ।
हिजो उपप्रधान तथा गृह र रक्षामन्त्रीहरु, महान्यायाधिवक्ता, नेपाली सेना बाहेकका सुरक्षा निकायका प्रमुख एवम् राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँगको संयुक्त छलफलपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएको बताइएको छ । यता संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिनको निम्ति उच्चस्तरीय संसदीय समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिँदै आएको छ । सोही अवस्थामा प्रधानमन्त्रीबाट पछिल्लो निर्देशन भएको हो ।
उक्त काण्डमा तिब्बती मूलका, नेपाली नागरिकता बनाएका र हाल बेल्जियन नागरिक बनेका दावा छिरिङको सहभागिता पुष्टि भएको छ । उनीसँगै गृह अन्र्तगत अध्यागमन विभाग र भन्सारको मिलोमतो विना तस्करीहुन नसक्ने निषर्कसमा प्रधान मन्त्री र गृह मन्त्री पुगेका थिए । अध्यागमन विभागको कर्मचारीको आफन्तका नाममा महंगा गाडी काठमाडौंमा घर घडेरी महंगो रेष्टुरेन्ट जाने पार्लर जाने प्रविदिले पनि समेत तस्करीमा सहभागीता रहेको उच्च श्रोतले जनाएको छ ।
यस काण्डमा अहिले सम्म १८ जना पक्राउ परेका छन् । सिआईबीका प्रवक्ता संजय सिंह थापाले प्रधान मन्त्री बाट निर्देशन आईसकेको र फाईल आउने वित्तीकै अनुसन्धा शुरुगर्ने बताए ।
FACEBOOK COMMENTS