मेगा कलेजका अध्यक्ष गोपाल खनाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् । उपराष्ट्रपति नन्द बहादूर पुनको आतिथ्यतामा कर्पोरेट म्यागजिनले मंगलबार होटल र्याडिसनमा आयोजना गरेको कर्पोरेट बिजनेस अवार्ड समाहरोमा खनाल सो अवार्डबाट सम्मानित भएका हुन् ।
मेगा बैंककाे सञ्चालक समेत रहेका खनाललाई उक्त अवार्ड उपराष्ट्रपति पुनले वितरण गरेका थिए ।
कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष उर्मिला श्रेष्ठ एवम् दिपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS