गोरखा । आफैले पढाइरहेको बालिका विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१ बाराका विजय कुमार गिरी (३४) छन् । पीडित ‘०८१/०८२ म कुमारी’की आमाले दिएको उजुरीका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले हिजो सोमबार नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका गिरी गोरखाको एक आधारभूत विद्यालयमा अध्यापनरत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार गिरीले ती बालिकालाई विगत एक वर्षदेखि पटक–पटक यौन दुर्व्यवहार गर्दै आएका थिए ।
गिरीले यौनका आशयले निजको संवेदनशील अङ्गमा समात्ने, अस्वाभाविक यौनजन्य क्रियाकलाप गर्ने, विद्यालय जाने बाटो ढुकी यौनजन्य कार्य गर्ने, विवाह गर्न दबाब दिने, डर धाक धम्की दिने लगायतको कार्य गरी बाल यौन दुरुपयोग गर्दै आएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
FACEBOOK COMMENTS