काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन् ।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका उनी नेपाल आएर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्य तालिका रहेको बताइएको छ । तर, प्रधानमन्त्री शाहले भेटघाटका लागि कार्यतालिका नबनिसकेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरले प्रधानमन्त्रीसँग भेटन चाहेको बताइएको छ । प्रधानमन्त्री बालेन शाहसँग भेटको कार्यकालितका नभएपनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटन समय तय भइसकेको छ ।
गोरले यसअघि बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए । यस्तै वैशाख २८ गते भारतका विदेश सचिव विक्रम मिस्री पनि नेपाल भ्रमणमा आउँदै छन् ।
सचिव मिस्री बालेनको भारत भ्रमणको औपचारिक निमन्त्रणा लिएर आउँदै छन्। त्यो निमन्त्रणा प्रधानमन्त्री बालेनलाई भेटेर बुझाउने कि परराष्ट्र मन्त्रालयलाई मार्फत बुझाउने भन्ने अन्यौलता कायमै छ ।
