गोरखा । नेकपा एमालेले गोरखाको क्षेत्र नम्बर २ बाट ले प्रतिनिधिसभा निर्वाचनका लागि चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
जिल्ला कमिटीको निर्णयअनुसार उनलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने सिफारिस गरिएको हो । गोरखा– २ बाट गुरुङसहित ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेल रहेका छन् ।
चक्रे मिलनको अघिल्लो निर्वाचनमा पनि उनको उम्मेदवारीको चर्चा चलेको भए पनि अन्तिम समयमा चुनावमा उम्मेदवार बनेका थिएनन् । त्यसबेला एमालेले अब्दुस मियाँलाई उम्मेदवार बनाएको थियो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । यस पटक भने प्रचण्ड सो क्षेत्रबाट उम्मेदवार नबन्ने संकेत देखिएको छ ।
FACEBOOK COMMENTS