काठमाडौं । गाेरखा पत्रकार समाज नेपालले नयाँ वर्ष २०८१ सालकाे अबसर पारि शुभकामना आदानप्रदान तथा भित्तेपात्राे विमाेचन गरेकाे छ ।
काठमाडौंमा आयाेजीत एक कार्यक्रमबीच अध्यक्ष प्रदिप राज वन्त तथा प्रमुख अतिथि परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले सयुक्त रुपमा २०८१ सालकाे भित्तेपात्राे विमाेचन गरेका हुन ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि श्रेष्ठले समाजमा गलत काम गर्नेले पत्रकारसँग डराउनु पर्छ साथै देशमा पत्रकारहरुकाे एकदम जरजर अवस्था रहेको सुनाए । गाेरखा पत्रकार समाज र पत्रकारहरुलाई कुनै पनि अवस्थामा आफुले साथ सहयाेग गर्न तत्पर रहने बताए ।
सहीलाई सही र गलतलाई गलत भन्न राज्यको सबै अंगले सक्नु पर्ने उनकाे भनाई छ ।
FACEBOOK COMMENTS