काठमाडाैँ । स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओमा गोरख राणा नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले राणालाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । उनी यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् ।
अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा नियुक्त भएका हुन् । दस्तिदार अब बोर्डको विशेष सल्लाहकार हुनेछन् ।
३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।
मेरिकाको नक्स कलेजबाट अर्थशास्त्रमा स्नातक र इलिनोइस विश्वविद्यालयबाट एमबीए गरेका राणाले बैंकको व्यापार वृद्धिमा उल्लेखनीय योगदान दिएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा ७०.२१% विदेशी लगानी र २९.७९% नेपाली सर्वसाधारणको स्वामित्व छ। नेपालमा सञ्चालन भइरहेका बैंकमध्ये अन्तर्राष्ट्रिय स्तरको मात्र एक बैंकका रूपमा यो संस्थाले उच्च प्रतिष्ठा बनाएको छ । राणाको नेतृत्वमा बैंकले थप उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ । यो नियुक्तिले नेपाली बैंकिङ क्षेत्रमा नेतृत्व विकासको नयाँ अध्यायको सुरुवात भएको संकेत गरेको छ ।
FACEBOOK COMMENTS