गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान
कर्पोरट खबर
8:12 am, बिहीबार, जेठ ७, २०८३
- सरकारले गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
- इच्छुक व्यक्तिले जेठ १८ गतेभित्र सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन पेश गर्न सक्नेछन्।
काठमाडौं । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरिएको छ ।
आज सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गरेको छ ।
इच्छुक व्यक्तिले जेठ १८ गतेभित्र मन्त्रालयमा दरखास्त पेश गर्न सक्नेछन् ।
