![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । गोर्खाज फाइनान्सले आज वार्षिक साधारणसभा बोलाएको छ ।
आज अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट बित्तीसपुतलीमा हुने सभामा सेयरधनीको हात भने खाली बनाएको छ । कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
सभामा गत आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेका छन् ।
सभामा पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका फागुन १८ गते बुक क्लोज गरेको छ । फागुन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS