बुटवल । गोरुसिङगे-सन्धिखर्क सडक एकतर्फी सूचारु भएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका-२ सितापुर र शितगंगा-३ बर्बोटस्थित गोरुसिङगे-सन्धिखर्क सडक खण्डमा खसेको पहिरो इलाका प्रहरी कार्यालय ठाडाको टिमले एकतर्फी सुचारु गरेको जानकारी दिएको छ ।बर्षातको समयमा बाढी र पहिरोको सम्भावना हुने भएकाले सतर्क भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।
FACEBOOK COMMENTS