काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्र्न तीन सदस्यीय समिति बनाएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा सदस्यहरूमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल छन् । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिँदैछ ।
FACEBOOK COMMENTS