काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले अहिले बैंकिङ क्षेत्रको चुनौतीका रुपमा निष्क्रिय कर्जा रहेको बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग समसामयिक विषयमा गरेको अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।
अहिले एनपीए यू अक्षरको आकारमा गएको उनको भनाइ छ । पौडेलका अनुसार सानो र ठूलोकर्जाको एनपीए कम भएपनि मध्यम खालको कर्जाको एनपीए निकै उच्च भएको बताए ।
उनले पहिला बैंक, बीमा, वित्त कम्पनी लगायतका क्षेत्रमा लगानी हुने गरेको र अहिले लगानीका सबै क्षेत्र बन्द भएको गुनासो गरे । अहिले कहाँ लगानी गर्ने भन्नेमा अन्यौलता भएको उनको भनाइ छ । गभर्नर पौडेलले वित्त नीति मार्फत लगानीका क्षेत्र खोज्नु पर्ने बताए ।
FACEBOOK COMMENTS