काठमाडौं । नेपाल सरकारले चैत २४ अघि नै गभर्नर नियुक्ती गरिसक्नुपर्ने हो । तर, राजनीतिक दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म गभर्नर नियुक्ति हुन सकेको छैन ।
आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दिएको जानकारी अनुसार बैठकमा सम्भवत सरकारले आज नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ती गर्नेछ ।
गभर्नरको सम्भावित अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गर्भनर सिफारिस समितिले आज बैठक बसेर मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा अहिले गभर्नरको पद खालि छ । हाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा.नीलम ढुंगाना कार्यवाहाक को भूमिकामा छिन् ।
FACEBOOK COMMENTS