काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले वाणिज्य बैङ्कहरूको कार्यशैली प्रति रुष्ट देखिएका छन् ।
बैङ्कहरूको कार्यशैली, राष्ट्रिय आवश्यकता, मौद्रिक नीति तथा बैङ्कका सेवाका उत्पादनसँग समन्वित नभएको भन्दै असन्तुष्टि जनाउएका हुन् ।
एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले त्यस्तो समस्या समाधानका लागि नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्ने पनि बताएका छन् ।
यी समस्याका कारण बैङ्कहरूको नाफा कमाउने क्षमतामा नै ह्रास हुँदै गएको भन्दै शाखाका सम्बन्धमा पनि पुनर्विचार गर्न आग्रह समेत गरे । त्यस्तै व्यवस्थापक तथा प्रमुख कार्यकारी अधिकृतले थप काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै केन्द्रीय बैङ्कले दिएको स्वतन्त्रताको पनि सदुपयोग गर्न सुझाव दिएका छन् ।

FACEBOOK COMMENTS