काठमाडौं । राष्ट्र बैंकले चर्को ब्याजदर नियन्त्रण गर्न उदासीनता देखाएको भन्दै उद्योग वाणिज्य महासंघहरुले धमाधम आन्दोलनको घोषणा गरेको छ ।
बैंकको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उद्योग वाणिज्य संघ , जिल्लानगर संघहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । यसअघि महासंघले देशभरिका वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यहरूको भेला गर्दै राष्ट्र बैंकले निजी बैंकहरूले लिन सुरु गरेको चर्को ब्याजदरलाई नियन्त्रण नगरे आन्दोलन गर्ने घोषणा गरेको थियो ।
तर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखान तर्फ राष्ट्र बैंक उन्मुख देखिन्छ । उद्योगी तथा ब्यवसायीहरुको पक्षमा अर्थ मन्त्रालय र अर्थमन्त्री जनार्दन शर्मा रहेका छन् । अर्थतन्त्रलाई राष्ट्र बैंक एक्लैले गर्भनर महाप्रसाद अधिकारीको अन्डरमा राख्ने देखेपछि गर्भनर अधिकारीलाई गठबन्धन सरकारले अधिकारीलाई पदमुक्त गर्नुको विकल्प नरहेको निष्कर्षमा पुग्यो । त्यसपछी सरकारले निलम्बन गर्ने प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐन अनुसार उनी स्वतः निलम्बनमा परे र अर्थ मन्त्रालयले डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दियो।
अर्थ मन्त्रालयले राहतको सास फेर्न नपाउँदै सर्बोच्च अदालतले सरकारको निर्णयमा पानी फेरिदियो । त्यस यता , अर्थमन्त्री शर्माले थुप्रै प्रयास गरे उद्योगि ब्यवसायीको कुरापनी सुने तर शर्माको नाकमै झिँगा बसेझै गर्भनर अधिकारीले मन्त्रालयको कुरा केहि सुन्दै सुनेन् । राष्ट्र बैंकले पहिलो प्रहार पुँजीबजारलाई लक्षित गरेर ४–१२ को निति बाट शुरु गर्यो । जसले शेयर बजारलाई तल झार्ने पक्का थियो । तर यो संगै उद्योग ब्यवसायमा पनी कालो बादल मडारी सकेको थियो ।
गर्भनर अधिकारीको अर्को प्रहार बैंकको ब्याज बढाउँदै लैजाने र आर्थिक गतिविधिलाई संकुचित पार्ने तर्फ उन्मुख हुँदै गयो । यसैले गर्दा आज बैंकको ब्याज २१ प्रतिशत सम्म पुगेको छ । गर्भनर महाप्रसादको अगाडी निरह बनेको सरकार व्यवसायीहरुको आन्दोलनले के गर्ला र ? भन्ने प्रश्न उठेको छ । व्यवसायीहरुले राष्ट्र बैंकमा धर्ना बस्ने हो भने अर्थ मन्त्री शर्मा नै अग्रपन्थीमा बस्नु पर्ने अवस्था आएको छ ।
देश प्रतिनिधि सभा र प्रदेश सभा चुनाबको अन्तिम तैयारीमा जुटेको छ । तर चुनाबको माहोल भन्दा पनि देश आन्दोलनको माहोल तिर अगाडी बढीरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बैंकहरुले लगाएको चर्को ब्याजविरुद्ध लडेरै जानेमा जोड दिन्छन् । त्यसो त शुक्रवार माइतिघर मण्डलामा गरिएको विरोध प्रर्दशनमा महासंघका तिनै जना उपाध्यक्षको उपस्थीतीले व्यसायवसायहरु आन्दोलनको विकल्प बाहेक अरु विकल्प नरहेको बताउँछन् ।
बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ यो आन्दोलनलाई सबै प्रमुख राजनीतिक पार्टीले समस्या समाधानका लागि सोच्नुपर्ने र आ–आफ्नो एजेण्डामा राख्नुपर्ने बताउँछन् । त्यस्तै एसोसिएट उपाध्यक्ष रामचन्द्र संघई विश्व बैंकले समेत नेपालको आथिर्क अवस्था नाजुक नरहेको बताइसकेकोले अब राष्ट्र बैंकले कसिलो निती लिइरहनु पर्ने जरुरत नरहेको बताउँछन् । अहिले भईरहेको आन्दोलनले चुनाबलाई समेत प्रभाब पार्ने देखिन्छ । व्यवसायीक जनमत अव कस्को पक्षमा जाने हो भनेर ।
FACEBOOK COMMENTS