काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
बिनाविकल्प र उचित व्यवस्थापन देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर विरोध जनाएका हुन् ।
सुकुम्बासी बस्ती खाली गर्ने सरकारी अभियानको विरोधमा ‘विकासको नाममा विस्थापन बन्द गर’, ‘हुनुपर्छ सबैलाई बराबर’, ‘तीन दिन बिदा, सुकुम्बासी अल बिदा’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका छन् ।
प्रदर्शन संयुक्त सुकुम्बासी मोर्चाले आयोजना गरेको हो । अहिले देशका विभिन्न जिल्लामा सुकुम्बासी बस्ती खाली गर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शन भइरहेका छन् ।


