काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।
सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथिको हस्तक्षेप भएको बताएका छन् ।
विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्तता माथि नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरूले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न गरेका छन् ।
