काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरू भएको छ । वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहहरू र समूहका तर्फबाट प्रसाईंसहितका प्रतिनिधिहरू सहभागी छन् ।
जनमत संग्रहसहित विभिन्न माग राखेर आन्दोलन गर्ने बताएको दुर्गा प्रसाई नेतृत्वको अभियानसँग आज फेरी वार्ता सुरू भएको हो । यसअघि प्रधानमन्त्री कार्कीसँग प्रसाईले गत मंगलबार समेत भेटेर आजको वार्तालाई अन्तिम वार्ता हुने बताएका थिए ।
मंगलबारको भेटमा प्रधानमन्त्री कार्कीले प्रसाईलाई चुनावमा भाग लिएर आफ्ना माग जनताबाट अनुमोदन गराउन आग्रह गरेकी थिइन् । प्रसाईले आफुले उठाउदै आएका माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिदै आएका छन् ।
FACEBOOK COMMENTS