काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
आज साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलमा जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
जेनजी आन्दोलनपछि जेनजी प्रतिनिधिहरुले सरकारले लिखित सम्झौता गर्नुपर्ने माग गर्दै आएका थिए ।
सम्झौतामा जेनजी आन्दोलनका प्रमुख मागहरुलाई समेटेन लागिएको र तत्काल पुरा गर्न सकिने माग वर्तमान सरकारले पुरा गर्ने र नसक्ने काम आउदो सरकारले गर्न सजिलोको लागि रेकर्ड समेत हुने हुनाले भन्दै सम्झौता गर्न लागिएको बताइएको छ ।
FACEBOOK COMMENTS