काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो हुनु पर्ने बताएका छन् । परिसंघ नेपालले आगामी मौद्रिक नीतिबारे सरकारलाई दिएको सुझाब बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा व्यक्त गरेका हुन् ।
वर्तमान अवस्थामा देखिएका चुनौतीहरुको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै देउवाले सुझावका लागि धन्यवाद व्यक्त गरेका थिए ।
भेटमा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरुको बारेमा जानकारी गराएका थिए ।
FACEBOOK COMMENTS