काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकार र निजी क्षेत्र एकअर्काका साझेदार भएको बताएका छन् ।
आज शनिवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ’राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा उनले सरकार र निजी क्षेत्रको सहकार्यले नै देशको विकास र समृद्धि सम्भव हुने बताए ।
निजी क्षेत्रमा भएको क्षति मुलुककै क्षति भएको उनले बताए । सम्पत्तिको स्वामित्वको विषय परिवर्तनशील हुने भन्दै उनले निजी क्षेत्रले सरकारलाई राजस्व तिर्नु र नागरिकलाई रोजगारी दिनु यसैको उदाहरण भएको बताए ।
उनले गलत सूचना प्रवाह हुँदा जेन जी आन्दोलनमा कतिपय उद्योग–व्यवसायमाथि आक्रमण भएको भन्दै सही सूचना सम्प्रेषण र ग्रहणको आवश्यकतामा जोड दिए । उनले अर्थतन्त्र सुधार र लक्षित आर्थिक वृद्धि हासिलका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको पनि बताए ।
FACEBOOK COMMENTS