काठमाडाैँ। चालू आर्थिक वर्षको दुई महिनामा सरकारले १ खर्ब ३७ ५५ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१ ८२ को दुई महिनामा नेपाल सरकारको कुल खर्च यति गरेको हो । समीक्षा अवधिमा चालु खर्च ८२ अर्व ९९ करोड, पूँजीगत खर्च १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्था खर्च३९ अर्ब ६७ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत १खर्ब६६ अर्ब ३९ करोड पुगेको छ। यस अन्तर्गत कर राजस्व १४५ अर्ब १९ करोड र गैर कर राजस्व २१ अर्ब १९ करोड परिचालन भएको छ । त्यस्तै २०८१ भदौ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २खर्ब ६९ अर्ब ५३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९१ अर्ब ७८ करोड रहेको थियो ।
FACEBOOK COMMENTS