काठमाडौं । गभनर्र डा. विश्वनाथ पौडेलकाे योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदलतमा रिट निवेदन परेकाे छ ।
उनकाे योग्यता नपुगेकाले नियुक्ति बदर गर्नुपर्ने माग गर्दै रिट परेकाे हाे । रिट दर्ता हुन भने बाँकी छ ।
अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले सरकार र छनोट समितिलाई विपक्षी बनाएर राजनीतिक स्वार्थका व्यक्तिलाई गैरकानुनी रूपमा नियुक्त गरिएको दाबीसहित रिट पेस गरेका हुन् ।
गत ६ जेठमा डा. पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो ।
FACEBOOK COMMENTS