काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा चलखेल भइरहेको हुन सक्ने सत्तारूढ दलकै नेताले आशङ्का व्यक्त गर्न थालेका छन् ।
लामो समयसम्म नियुक्तिको प्रक्रिया लम्ब्याइनुले यस्तो चलखेलको आशङ्का व्यक्त भइरहेको हो ।
सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चलखेलका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको हुन सक्ने आशङ्का व्यक्त गरेका हुन् ।
प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापति शेरबहादुर देउवासँग कुरा हुँदा राम्रो मान्छे नियुक्त हुने बताएको उनले सुनाए ।
‘कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि कतै त्यो चलखेल त भइरहेको छैन भन्ने डर लाग्यो । मेरो चिन्ता त्यहाँ छ,’ उनले भने, ‘म भन्न सक्दिन,ँ राष्ट्र बैठकको कुरा, सभापतिसँग कुरा गर्दा राम्रो मान्छे नै नियुक्त हुन्छ भनिराख्नुभएको छ । चिन्ता छैन । तर यो कुरा सोच्दा–बुझ्दाखेरि कतै गडबड त भइरहेको छैन, हाम्रो देशमा भन्ने छ ।’
उनले देशमा जनताले सुशासन खोजेको भए पनि कुशासन भएको दाबी गरे । गभर्नर नियुक्ति प्रक्रियामा पनि संविधान मिचिएको दाबी गरे ।
FACEBOOK COMMENTS