काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको विषय झन्–झन् पेचिलो बन्दै गएको छ । नियुक्तिमा भइरहेको ढिलाइले ठूलो आर्थिक चलखेल भएको हुन सक्ने आशङ्का भइरहेका बेला विकसित अर्को घटनाले नियुक्तिको विषय थप पेचिलो बनेको हो ।
गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।
भट्टराईले एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि समितिबाट राजीनामा दिएको बताएका छन् । समितिको भूमिकालाई नजरअन्दाज गरिएकाले आफू समितिमा नबस्ने निर्णयमा पुगेको उनको भनाइ छ ।
उनले समितिका संयोजक तथा अर्थमन्त्री पौडेललाई पठाइसकेको बताएका छन् ।
FACEBOOK COMMENTS