काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले सहकारीका समस्याले बैंकमा मार परेकाे बताएका छन् ।
नेपाल बैंकर एशाेसिएसनले आयाेजना गरेकाे कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘बजारका पसलहरूमा सहकारिका पासबुक छन्, एउटै पसलमा ४/५ वटा पासबुक छन् । सहकारीबाटै उहाँहरूकाे सानाेतिनाे काराेबार हुँदै आएकाे थियाे । सहकारीकाे समस्या आएपछि बजारमा असर पर्याे ।’
गभर्नर अधिकारीले देशकाे अवस्था ठिकठाक भएपनि जनताकाे मनाेभावना ठीक हुन समय लागेकाे बताए । अधिकारीले विशेष नियामकीय संस्था नियमन गरेर सहकारी सुधार गर्न सकिने र आफूले प्रस्ताव पेश गरेकाे बताए ।
FACEBOOK COMMENTS