काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधार्न गभर्नरले सरकारलाई सहयाेग गर्नुपर्ने बताएका छन् । अहिले देशकाे अर्थतन्त्र समस्या रहेको बताए भन्दै उनले अब जसरी भएपनि सुधार गर्नुपर्ने बताएका हुन् ।
अर्थतन्त्रमा सुधार ल्याउन नेपाल राष्ट्र बैंकका गभर्नरले भूमिका खेल्नुपर्ने समेत उनले बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री महतले पटक-पटक राष्ट्र बैंककाे नाम लिएका थिए ।
उनले भने, ‘अहिले देशको अर्थतन्त्र समस्यामा छ । निजी क्षेत्रको मनोबल वृद्धि गर्न आवश्यक रहेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले पनि भूमिका खेल्नु पर्ने हुन्छ । हाम्राे राष्ट्र बैंकसँग पनि निरन्तर कुराकानी भइरहेको छ । राष्ट्र बैंकले सहयोग गरेमा सजिलै निजी क्षेत्रको मनोबल फर्काउन सकिन्छ । अहिले कुनै पार्टी वा अन्य कुरा भुलेर अर्थतन्त्र ट्रयाकमा ल्याउन आवश्यक छ । बरु त्यो जस मलाई चाहिदैन । अर्थतन्त्र लयमा ल्याएको जस राष्ट्र बैंकलाई पनि जान्छ ।’
अर्थमन्त्री महतले पदभार ग्रहण गरेकै दिन राष्ट्र बैंकको नाम धेरै पटक उच्चारण गरेका थिए ।सोही दिन गभर्नर महाप्रसाद अधिकारीसँग उनले छुट्टै छलफल पनि गरेका थिए ।
FACEBOOK COMMENTS