काठमाडौं । बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना भएका छन् ।
गएराति आफ्नो घरमा बेहोस भएपछि मुम्बईको जुहूस्थित अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
गोविन्दाका साथी तथा कानुनी सल्लाहकार ललित बिन्दलले गोविन्दाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
उनले भनेका छन्—
‘हिजो साँझ उनी घरमै हुँदा अचानक स्मरणशक्ति गुम्यो, जसले गर्दा उनी अलमल्लमा परे र बेहोस झए । यस्तो आक्रमणमा एक व्यत्तिले अस्थायी रूपमा आफ्नो स्मरणशक्ति गुमाउँछ वा आफू कहाँ छु वा के गरिरहेको छु भनेर राम्ररी चिन्न सक्दैन । उनी ठीक महसुस गरिरहेका थिएनन्, अलि कमजोर र बेचैन महसुस गरिरहेका थिए । त्यसपछि, हामीले डाक्टरसँग परामर्श गर्यौं र औषधि सुरु गर्यौं, तर उनी राति फेरि बेचैन भए । त्यसपछि मैले उनलाई बिहान १ बजेतिर अस्पतालमा भर्ना गरियो । उनी हाल डाक्टरको निगरानीमा छन् ।’

FACEBOOK COMMENTS