काठमाडौं । नेपाली कांग्रेसले चितवन- २ र तनहुँ १- को उपनिर्वाचनमा आफ्ना उम्मेदवार तय गरेको छ।
कांग्रेसले चितवन- २ मा जितनारायण श्रेष्ठ र तनहुँ- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
उक्त पार्टीको बिहीबार बसेको कार्यसम्पादनको बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।
‘चितवन- २ मा श्रेष्ठ र तनहुँ- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ महतले भने।
भट्टराई कांग्रेसका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ चितवन कांग्रेसका पूर्वसभापित हुन्।
चितवन- २ बाट निर्वाचित स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद खारेज भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो भने तनहुँ- २ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
FACEBOOK COMMENTS