काठमाडौं । डा. गोविन्द केसीले २२औँ पटकको आमरण अनसन तोडेका छन् ।
आज बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२औं अनसन तोडेको जनाएका हुन् ।
पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेको छैटौं दिनमा द्वन्द्व पीडितहरू भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनसन तोडेका छन् ।
डाक्टर केसीले साह द्वन्द्वकालमा घाइते भएर आफैँले अप्रेसन गरेका घाइते भएको बताए । द्वन्द्वपीडितहरूलाई आफैँले उपचार गरेकाले उनीहरूको हातबाट जुस पिएको उनले बताए ।
उनले राज्यले नागरिकहरूप्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको बताएका छन् ।
FACEBOOK COMMENTS