काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्रीन बण्ड जारी गर्न अनुमति दिएको छ ।
बोर्डले आज “निफ्रा हरित उर्जा ऋणपत्र ६५-२०८८/८९” नामक हरित ऋणपत्र निष्काशनको अनुमति दिएको हो । ७ वर्ष अवधिका लागि पाँच अर्बको ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गर्ने भएको छ ।
जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको जनाएको छ ।
FACEBOOK COMMENTS