काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि भोली फागुन ९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनीबन्नु पर्ने छ ।
बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले चैत २७ गते साधारणसभा बोलाएको छ ।
बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा बोलाएको छ । सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुने जनाइएको छ ।
FACEBOOK COMMENTS