सर्लाही । मधेश प्रदेश विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वल्र्ड पीस फोरम र चन्द्रनगर गाउँपालिका सँग सहकार्य गर्दै सर्लाहीमा व्यापक वृक्षारोपण अभियानको सुरुवात गरेको छ ।
वातावरण संरक्षण र दीर्घकालीन सामुदायिक कल्याणलाई लक्षित यस अभियान अन्तर्गत आज चन्द्रनगरगाउँपालिका–२ स्थित श्री दुर्गा खोंभारी जनता माध्यमिक विद्यालयमा १,७५० मोरिङ्गा (सजिवनी) बिरुवा रोपेरकार्यक्रमको पहिलो चरण सम्पन्न गरिएको हो ।
सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल , प्रमुख बजार अधिकृत गणेश चौलागाइ, मधेश प्रदेश प्रमुख नबराज चौधरी , वृक्षारोपण अभियानका अभियन्ता बासु गौतम र गाउपालिकाका अध्यक्ष राज कुमार महतोलेसंयुक्त रूपमा कार्यक्रम उद्घाटन गरे ।
उक्त कार्यक्रममा कम्पनीको मधेश प्रदेश अनतर्गतका विभिन्न शाखाका शाखा प्रमुख तथा अभिकर्ताहरुको उपस्थिति पनि रहेको थियो। त्यस्तै सो कार्यक्रममा , स्थानीय सामुदायिक अगुवाहरू, विद्यालय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले मोरिङ्गा बिरुवाको उच्च औषधीय तथा पोषक मूल्यको चर्चा गर्दै वातावरणीय दिगोपनमा सामुदायिक साझेदारी अनिवार्य रहेको उल्लेख गरे ।
उनले आगामी दिनमा चन्द्रनगर गाउँपालिकाका अन्य वडाहरूमा पनि क्रमबद्ध रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिए ।

सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण र दीर्घकालीन सुरक्षा संस्कृति प्रवद्र्धनलाई संस्थागत प्राथमिकतामा राख्दै देशभर यस्ता गतिविधिहरूलाई विस्तार गर्दै आएको छ । हालै सन नेपाल लाइफले देशभरी १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सुविधा दिँदै आइरहेको छ ।



FACEBOOK COMMENTS