काठमाडौं । कैलालीमा ग्रिनेड विस्फोट हुँदा घाइते भएका नेपाली सेनाको हुद्दाको उपचारको क्रममा मुत्यु भएको छ । सहसेनानी घाइते भएका छन् ।
बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट सञ्चालन गरिएको फायरिङ अभ्यासका क्रममा ग्रिनेड पड्किँदा हुद्दा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा लम्कीस्थित लालरत्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए । घटनामा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् ।
उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड पड्काउँदा दुबै जना घाइते भएका थिए ।