काठमाडौं । गृह मन्त्रालयले चार जना सहसचिवस्तरीय अधिकृतहरूको सरुवा गरेको छ।
मंगलबार गरिएको निर्णयअनुसार गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हाे।
यसअघि अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ। त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयमा तानिएको छ। कोइराला केही साता अघि मात्र अध्यागमन प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए।
त्यसैगरी खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखको रूपमा पदस्थापना गरिएको छ। खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी कल्पना श्रेष्ठलाई दिइएको छ।
गृह मन्त्रालयले सरुवालाई नियमित प्रशासनिक व्यवस्थापन र सेवाप्रवाहलाई प्रभावकारी बनाउन गरिएको जनाएको छ।
FACEBOOK COMMENTS