काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
शुक्रबार विहान प्रचण्ड निवास खुमालटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको पार्टी सचिव लिलामणि पोरखेलले जानकारी दिएका छन् ।
माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिबार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS