काठमाडौँ । तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ ।
पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठुला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए ।
गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्ने क्रम जारी छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् ।
FACEBOOK COMMENTS