काठमाडौं । भावी गभर्नरका लागि सिफारिसमा परेका गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
गभर्नर पक्का गरेर नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टविरुद्ध आजै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।
गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै उनीविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दर्ता गराएका हुन् ।
सर्वोच्चमा रिट परेसँगै लामो समयदेखि पेचिलो बन्दै आएको गभर्नर नियुक्ति फेरि केही समय पछाडि धकेलिने भएको छ ।
गुणाकर भट्टले राष्ट्र बैंकबाट दिए राजीनामा
FACEBOOK COMMENTS