काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको १७३ औं बैठकले आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट ५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले चुक्ता पुँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिले अनुमोदन गरेर आगामी साधारणसभाले पारित गरेपनि लगानीकर्ताले पाउने छन् ।
FACEBOOK COMMENTS