पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पोखरिया नगरपालिकाका जनताले व्यवहारमै महसुश गर्न पाएको बताएका छन् ।
पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालयको सेवा उद्घाटन गर्दै उनले नेपाल सरकारले अवलम्बन गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पोखरिया नगरपालिकाका जनताले व्यवहारमै महसुश गर्न पाएको बताएका हुन् ।
‘पोखरियाका जनताका लागि आज निकै खुसीको दिन हो । किनकी नगरपालिकाभित्रै मालपोत तथा नापी कार्यालयको सेवा केन्द्र सञ्चालनमा आएको छ,’ मन्त्री गुप्ताले भने ‘यो कार्यालय सञ्चालनपछि पोखरियासहित पर्साका विभिन्न ६ वटा पालिकाका जनताले मालपोत र नापीसम्बन्धी काम लिएर वीरगञ्ज पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ वीरगञ्ज पुग्नुपर्ने बाध्यताको अन्त्य भएसँगै अब पोखरियासहित ग्रामीण क्षेत्रमा विकासका गतिविधिले काँचुली फेरिने मन्त्री विश्वास छ ।
उनले मालपोत र नापी कार्यालयको सेवा केन्द्र सञ्चालनसँगै अब ईलाका प्रशासन कार्यालयको सेवा केन्द्र पनि छिट्टै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफूले चुनावको बेला गरेको प्रतिद्धताहरु पूरा गर्न हरसम्भव प्रयत्नशील रहँदै आएको चचा गर्दै उनले मन्त्री र सांसदको कार्यकालभित्रै धेरै काम गर्ने बचनबद्धता दोहो¥याका छन् ।
उनले भारत सरकारको सहयोगमा ३५ करोड रुपैयाँको विकासको योजना सञ्चालन गरिएको बताउदै पोखरियासहित विभिन्न तीनवटा सडक निर्माणमा नेपाल सरकारको बजेट बिनियोजन गराउन सफल भएको जानकारी दिए । केही दिनभित्र भारत सरकारको परियोजना जस्तै चीन सरकारले नेपालाई १४ अर्ब रुपैयाँको विकास कार्यक्रम दिन लागेको बताउँदैे त्यसमध्ये ५० करोड रुपैयाँ बराबरको कार्यक्रम पोखरियालाई प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा मन्त्री गुप्ताले विकासको काममा सबै राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने धारणा पनि व्यक्तगरेका छन् । खासगरी नेपाली काग्रेससँग सहकार्य गरी पोखरियाको विकासलाई तीव्रता दिन मन्त्री गुप्ताले पोखरिया नगरपालिकाका प्रमुखलाई विशेष आग्रह गरे । सबै मिल्दा जनताको इच्छा र आकांक्षाहरू छिटो पूरा गर्न सकिने उनकोे भनाइ छ ।
FACEBOOK COMMENTS