काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आजका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिएको छैन । सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको रहेको छ ।
सभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज भएको छ । पुस ३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS