काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको चैत्र ९ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १३.२७१२ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस शेयरको लागि कर भने शेयरधनी आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख रहेको छ ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
FACEBOOK COMMENTS