गुराँस लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, लाभांश र मर्ज प्रस्ताव अनुमोदन गर्ने तयारी
कर्पोरट खबर
9:55 am, आइतबार, वैशाख ३, २०८०
काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सले वैशाख ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यसले सेयरधनीलाई १३.२७% बोनस सेयर वितरण प्रस्ताव पेश गर्नेछ । सभामा यूनियन लाइफ र प्राइम लाइफसँग १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव पनि पास गर्ने एजेन्डा रहेको छ । तीन कम्पनी एक भएपछि हिमालयन लाइफ इन्सुरेन्सको नामबाट कारोबार सुरु गर्ने प्रस्ताव पनि छ ।
साधारण सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तीनकुने, काठमाडौंमा बिहान १०ः३० बजे भिडियो कन्फ्रेन्स माध्यमबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते बुक क्लोज गरिसकेको छ । चैत २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS