काठमाडाैं । गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश गरि कुल ४.२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले आ.व. २०७८/०७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.९,७५,००,०००।- को ४% ले हुने रकम रु. ३९,००,०००/- बराबरको बोनश शेयर र ०.२१०५२६% हुने रकम रु.२,०५,२६३ – नगद लाभांश (बोनश शेयर वापत लाग्ने कर प्रयोजनको लागि ) दिने प्रस्ताव गरेको हो ।
FACEBOOK COMMENTS