काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
आज बिहीबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग उनले सपथ ग्रहण गरेका हुन् ।
वित्तीय संस्थाको सञ्चालक समितिका तत्कालीन अध्यक्ष डेकिन्द्र कुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि सो पदमा गत शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।
FACEBOOK COMMENTS