काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्यानलबाट दुई उम्मेदवार पराजित भएका छन् ।
ओली प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका गुरु बराल र उपमहासचिवमा विष्णु रिमाल पराजित भएका हुन् ।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी हुँदा बराल ११ सय ३७ मत ल्याएर पराजित भएका हुन्। उपाध्यक्षमा विजयी विष्ट ईश्वर पोखरेल प्यानलका हुन् ।
उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुँदा ओलीका विश्वासपात्र समेत रहेका रिमाल १ हजार ९१ मत ल्याएर हारे। उनी यसअघि पनि उपमहासचिव नै थिए। रिमाल हार्दा पोखरेल प्यानलबाट भट्टराईले जिते ।
१९ पदाधिकारीका बराल र रिमालबाहेक सबै ओली प्यानलले जित निकालेको छ ।

FACEBOOK COMMENTS