काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको दोषी ठहर गरेर एक वर्ष कैद र ४ करोड जरिवाना सुनाएको छ ।
सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतले उनलाई ७ चैत २०८० मा दोषी ठहर गरेको थियो । उक्त सजायको दोषी आज ठहर गरेको हो
।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज आइतबार न्यौपानेलाई १ वर्ष कैदसहित ३ करोड ९८ लाख रुपैयाँ जरिवाना सुनाएको हो ।
कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ बिगो माग दाबी गर्दै गत २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।
FACEBOOK COMMENTS